Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

केहि समय अगाडि लमजुङमा भएको जिप दुर्घटनामा नौ जना घाइते - Brighter Khabar


लमजुङ, साउन २७ गते । लमजुङमा जिप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । 

राइनास नगरपालिका–१० प्यारजुङबाट सुन्दरबजार नगरपालिका–९ भोटे ओडार आउँदै गरेको ग १ ज ६३६९ नम्बरको यात्रुवाहक जिप शनिवार बिहान पौने ११ बजे दुर्घटना हुँदा नौ जना घाइते भएका हुन्  । 

जिल्ला प्रहरी कार्यालय, लमजुङका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी जगदीश रेग्मीका अनुसार चालक सुन्दरबजार नगरपालिका–९ भोटे ओडारका ३० वर्षे पूरण गुरुङ दायाँ हातमा चोट लागेको छ भने  बाँकी ८ जनाको अवस्था सामान्य रहेको छ ।

चालक गुरुङलाई थप उपचारका लागि चितवन रिफर गरिएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ 

Top Post Ad

post bottom ads

Ads Bottom