Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

वैदेशिक रोजागारीमा रहेका श्रीमानलाई मृत सावित गरी करोडौं पर्ने जग्गा विक्री गरी श्रीमती फरार - Brighter Khabar

फोटो स्रोत:एन टि भी 


वैदेशिक रोजागारीमा रहेका श्रीमानलाई मृत सावित गरी उनको नाममा रहेको करडौं मूल्य पर्ने जग्गा विक्री गरी श्रीमती फरार भएको खबर छ । 

झुठा प्रमाणका आधारमा वीरगन्ज महानगरपालिका वडा नं. २ छपकैया निवासी भोला पासीलाई उनकै श्रीमति देवी पासिले मृत सावित गरी उनको नाममा रहेको ५ कित्ता जग्गा विक्री गरी फरार भएकी हुन् ।

एक छोरा र एक छोरीकी आमा सिता देवीले आफ्नो नाममा रहेको सम्पत्ती विक्री गरी फरार भएपछि ७० वर्षीय वृद्ध आमाको हेरचार गर्ने समेत कोही नभएको भोलाको भनाई छ । 

उनि परिवारको भरणपोषणका लागि विगत दश वर्षदेखी भारतको कोलकत्तामा रहँदै आएका थिए  । 

श्रीमतीले आफूलाई मृत सावित गरी जग्गा विक्री गरी बच्चासमेत लिएर अन्य युवकसँग भागेको जानकारी पाएपछि आफू वीरगन्ज फर्किएको उनको भनाइ छ ।

श्रीमान रोजगारीका सिलसिलामा भारतको कोलकत्तामा बस्दै आएको मौका छोपी ४६ वर्षीय सिता देवीले आफ्नो पुरुष मित्रको सहयोगमा २०७५ भदौं ५ गते घरमै मृत्यु भएको झुठा प्रमाण देखाई २०७८ बैशाख १५ गते मृत्यु दर्ता प्रमाणपत्र हासिल गरेको र सो पछि श्रीमानको नाममा रहेको जग्गा विक्री गरी आफ्नो पुरुष मित्रसँग फरार भएको बताइएको  छ  ।

उता कागजमा मृत घोषित गरिएका भोला भने आफूलाई पुनःजिवित बनाइ दिन आग्रह गर्दै विभिन्न सरकारी कार्यालय धाएको खबर  छ । 

श्रीमतीले कागजमा मृत सावित गरी सम्पत्ती विक्री गरी भागेको घटनाले भोलालाई ठुलो मानसिक आघात पुगेपछि अहिले उहाँको मानसिक सन्तुलन समेत बिग्रदैं गएको पारिवारिक स्रोतले जनाएको छ  ।

Top Post Ad

post bottom ads

Ads Bottom