Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

केही दिनदेखि हराई रहेकी बालिका मृत भेटिइन - Brighter Khabar

फोटो : एन टिभी 

भाद्र १२,  केही दिन अगाडि हराएकी बालिका मृत भेटिएकी छिन् । भद्रपुर नगरपालिका–९ की तीन वर्षीय निर्जला सिग्देल नालामा डुबेर मृत्यु भएको अवस्थामा भेटिएकी हुन्  ।

खेलिरहेकी निर्जला दिउँसो १२ बजेतिर एकाएक हराएकी थिइन् । खोजतलास गर्दा उनलाई नजिकैको पक्की नालामा डुबेर मृत्यु भएको भेटिएको अवस्थामा भेटिएको प्रहरीले जनाको छ   ।

प्रहरीका अनुसार  अनुसार शव फेला परेको स्थान घरबाट पाँच सय मिटरको दूरीमा रहेको छ । 

उनको शव हिजो  अपराह्न ३ बजेतिर फेला परेको हो । बालिकाको शव फेला परेपछि प्रहरी टोलीले घटनास्थलको मुचुल्का गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पुर्‍याएको छ । 

प्रहरीले घटनाको अनुसन्धान गरिरहेकोसमेत जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom