Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

महिनावारी (छाउ) हुँदा गोठमा सुतेकी १६ वर्षीया किशोरीको सर्पले टोकेर ज्यान गयो - Brighter Khabar


साउन २४ गते । महिनावारी (छाउ) हुँदा गोठमा सुतेकी १६ वर्षीया किशोरीको सर्पले टोकेर ज्यान गएको  छ । 

महिनावारी हुँदा गोठमा सुतेकी बैतडीको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको सर्पको टोकाइबाट ज्यान गएको हो ।

महिनावारी भएको बेला गोठमा सुतिरहेको अवस्थामा अनितालाई मङ्गलबार राति सर्पले टोकेको र बुधवार बिहान किशोरीको मृत्यु भएको पञ्चेश्वर गाउँपालिका उपाध्यक्ष बिना भट्टले जानकारी दिएकी हुन्  । 

मृतक किशोरीको घर पञ्चेश्वर गाउँपालिका केन्द्र नजिकै हो । उनका बुवा रोजगारीका लागि भारतमा हुनुहुन्छ ।

किशोरी जवलपुर मावि सैलोडामा कक्षा १० मा अध्ययनरत थिइन् ।

छाउपडी प्रथा उन्मूलन गर्न कानुन बने पनि सुदूरपश्चिममा उक्त कानुनबारे गाउँ समाज बेखबर रहेको पाइएको खबर छ । 

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १० मा भेदभाव र अपमानजनक व्यवहारसम्बन्धी कसुर शीर्षकको दफा १६८ उपदफा (३) मा महिलाको रजस्वला र सुत्केरीको अवस्थामा छाउपडीमा राख्न वा त्यस्तै अन्य कुनै किसिमको भेदभाव, छुवाछूत वा अमानवीय व्यवहार गर्नु वा गराउनु हुँदैन भनिएको छ ।

यस्तो कार्य गरेको ठहरिएमा ३ महिनासम्म कैद वा ३ हजारसम्म जरिवाना हुनसक्ने व्यवस्था यस ऐनमा गरिएको छ । 


Top Post Ad

post bottom ads

Ads Bottom