Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

सुख्खा पहिरोले स्कार्पियो पुरिँदा तीन जनाको घटनास्थलमै ज्यान गयो ,केही घाइते - Brighter khabar


भाद्र १३,  पाल्पाको जोर्तेमा सुख्खा पहिरोले स्कार्पियो पुरिंदा एक महिलासहित तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । 

तम्घासबाट बुटवलका लागि छुटेको लु १ ज ४६०० नम्बरको स्कारर्पियो आज बिहान ढुंगासहितको पहिरोले पुरिएर हो ।

दुर्घटनामा मृत्यु हुनेको सनाखत हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाका अनुसार उक्त दुर्घटनामा आठ जना घाइते भएका छन् ।

घाइतेलाई उद्दार गरी अस्पताल पठाइएको प्रहरीले जनाएको छ । स्थानीय र प्रहरीसहितको टोली उद्दारमा लागेको छ । सुख्खा पहिरोले स्कार्पियो च्यापिएर सडकको छेउमा रहेको छ ।

दुर्घटनास्थल तानसेन तम्घास सडक खण्डमा पर्छ । दुर्घटनाबारे थप विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom