पक्राउ पर्नेहरूमा धनपालथान गाउँपालिका–१ नोचाका २१ वर्षीय पारस मण्डल, सोही पालिकाको वडा नं. ७ कदमाहाका २४ वर्षीय रोसन मण्डल र २० वर्षीय विशालकुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले बाउनुभयो ।
उनीहरूले साउन ३२ गते राति युवा विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ढोका फोडी ५० हजार रुपियाँ नगद र २ थान ल्यापटप चोरी गरेका थिए ।
पक्राउ परेकाहरूलाई आइतबार म्याद थप गरी थप अनुसन्धान सुरु गरिएको डिएसपी दाहालको भनाइ छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय रङ्गेली र अमाहीबरियाती प्रहरी चौकीले शनिबार पक्राउ गरेको हाे ।