Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

२० हजार थान रिचार्ज कार्ड हराएपछि ति सिरियलका कार्ड प्रयोग नगर्न टेलिकमको आग्रह - Brighter Khabar


साउन २४, नेपाल टेलिकमले आफ्ना  २० हजार थान रिचार्ज कार्ड हराएको जनाएको छ । 

टेलिकमका अनुसार सी नं. ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मको रिचार्ज कार्ड हराएका हुन्  । 

बुधवार सूचना जारी गर्दै टेलिकमले ५० रुपियाँ दरका २० हजार वटा रिचार्ज कार्ड ढुवानीका क्रममा हराएको जनाएको हो । 

टेलिकमले  खरिदकर्ताहरूलाई उक्त सिरियल नम्बर भएका कार्ड  खरिद नगर्न समेत अनुरोध गरेको छ । 

नेपाल टेलिकमको प्रवक्ता सोभन अधिकारीका अनुसार कार्ड टेलिकमको सिस्टममा दर्ता नभएकाले यसको प्रयोगमा नआउने र खरिद नगर्न समेत जानकारी गराएका हौ । 



Top Post Ad

post bottom ads

Ads Bottom