Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बाघको आक्रमणबाट १३ वटा बाख्रा मरे, किसानलाई ठूलो क्षति - Brighter khabar


भाद्र १४,  जंगली बाघले दाङको बबईमा तेह्र वटा बाख्रा मारेको छ । बबई गाउँपालिका वडा नम्बर २ जहरेबासका छबिलाल खत्रीका तेह्र बाख्रा मारेको हो । जंगलमा बाख्रा चराउन गएको समयमा बाघले मारेको हो ।


खत्रीले भदौँ १२ गते स्थानीय सुवाखोरे सामुदायिक बनक्षेत्रमा चरणका लागि लग्नुभएको थियो । बाघले मारेका तेह्र वटा बाख्रामध्ये नौ वटा मरेको अवस्थामा फेला परेको र बाँकी चार वटा फेला नपरेको खत्रीले जानकारी दिनुभयो ।


खत्रीले बिगत केही बर्षदेखि टीकादेबी बाख्रा फर्म दर्ता गरेर ब्यवसाय गर्दै आउनुभएको थियो । तेह्र वटामध्ये दुई वटा बेलन बोका पनि बाघले मारेको खत्रीले जानकारी दिनुभएको छ ।


एकैपटकमा बाघले धेरै बाख्रा र बोका मारेपछि खत्री चिन्तित हुनुभएको छ । एकै पटकमा बाघले बाख्रा मारेपछि लाखौँको घाटा भएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom