Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

आज बिहानै पृथ्वी राजमार्गमा भएको यात्रुवाहक बस दुर्घटनामा २६ यात्रु घाइते , ३ को अवस्था गम्भीर - Brighter Khabar


भाद्र २, आज बिहानै यात्रुवाहक बस दुर्घटना हुँदा २६ यात्रु घाइते भएका छन्  । आज बिहान ५ बजेको समयमा पृथ्वी राजमार्गको धादिङको बेनिघाटमा भएको उक्त दुर्घटनामा २६ यात्रु घाइते भएका हुन्  ।

दाङबाट काठमाडौँ आउँदै गरेको बा ०३-००१ ख २६७५ नम्बरको सडकमा अनियन्त्रित भई पल्टिँदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ  ।

प्रहरीका अनुसार  घाइते भएका मध्ये ५ जनालाई  काठमाडौँ पठाइएको  छ  भने अन्यको नजिकैको स्वास्थ्य संस्थाहरूमा उपचार भइरहेको छ  । स्थानीय र प्रहरीको सहयोगमा घाइतेहरूको उद्धार गरिएको थियो  ।

घाइतेमध्ये सल्यान सबेश्वरी वडा नम्बर ३ का २४ वर्षीय राजेन्द्र पुन , उनका ६ वर्षीय  छोरा आशिष केसी सोही जिल्ला बाघ चौर नगरपालिका वडा नम्बर १० का ५० वर्षीय मानबहादुर खड्काको अवस्था गम्भीर रहेको प्रहरीले जनाको छ  ।

अन्य घाइतेहरूको विवरण प्राप्त भइसकेको छैन 

Top Post Ad

post bottom ads

Ads Bottom