Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

लागू औषधसहित २ जना महिलाहरू प्रहरीको नियन्त्रणमा - Brighter Khabar

पक्राउ परेका महिलाहरू , तस्विर:प्रहरी 


साउन ३०,- सिरहामा प्रहरीले लागू औषधसहित २ जना महिलालाई पक्राउ गरेको छ ।

यात्रु बाहक अटो रिक्सालाई चेकजाँच गर्दा सोही अटो रिक्सामा सवार जिल्ला सप्तरी खडक नडकपालिका वडा नं. ५ रन्जितपुर टोल बस्ने बर्ष २५ की निरा कुमारी चौधरीले बोकेको ह्यण्ड ब्याग भित्र लुकाई छिपाई ल्याएको लागूऔषध फेला पारेको हो ।

सिरहा नगरपालिका वडा नं १४ खिरौना लच्कास्थित माडर सिरहा सडक खण्डमा प्रहरी चौकी खिरौना सिरहा बाट प्र.स.नि. दुर्गा प्रसाद यादवको कमाण्डमा खटिएको चेकिङ टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

सोही अटोमा सवार सिरहा नगरपालिका वडा नं. १७ खैरटोका बस्ने बर्ष ३० की नमिमा खातुनको साथबाट नेपाली नगद ३१,५००।- पनि प्रहरीले बरामद गरेको छ । 

सो सम्बन्धमा  थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको  छ ।

Top Post Ad

post bottom ads

Ads Bottom