Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

गायिका एलिना चौहानको भावुक बनाउने स्टाटस - Brighter Khabar


गायिका एलिना चौहानले पछिल्लो समयमा दिएको अन्तर्वार्तालाई लिएर भावुक हुँदै सामाजिक सञ्जालमा अभिव्यक्ति दिएकी छिन् ।

आफ्नो फेसबुक पेजमा उनले भनेकी छिन: 

"सबैमा नमस्कार

आज हजुरहरुले मप्रति दर्साउनु भएको माया देखेर न नतमस्तक भएकि छु । मैले दिएको पछिल्लो समयको एक अन्तर्वार्तालाई लिएर धेरैले मलाई सम्झाउन, सम्पर्क गर्न खोज्नु भएको छ । हुनत हजुररुबाट मैले यो आशापनि गरेकी छु किनकि मैले चढि रहेको उचाँहिको मुल तत्व हजुर मेरो शुभ चिन्तक नै हुनुहुन्छ । अन्तर्वार्तामा मैले जिवनको धेरै कालखण्डको कुरा गरे जहाँ मेरो त्यो सुरुवाति बेलाको मिहेनतको तितो भोगाई र अहिलेको उचाईको व्यवस्थापन सम्मको कुरा थियो । सफल्ता अधिकांश मान्छेलाई बिना परिश्रम आउने कुरा होईन । कतिले मैले भन्दा अझै बढि परिश्रमपनि गरेका होलान् त केहिले थोरै । कमलो मनको मान्छे म कुराकानि गर्दै गर्दा मेरा आँखाबाट आँशु झरेछन् , म भाबुक बन्न पुगेछु । हुन त मैले जे लगाउँछु, जे खान्छु, जे गर्छु र जे गर्नेछु ती सबै कसैन कसैकोलागी प्रेरणा बनोस भनेर सबैलाई देखाउने बानी छ । साधारण छ जिवन मेरो, ठूलो सपना नदेखी यो क्षेत्रमा छिरे र जति अगाडि बढ्दै गए त्यतिनै मुस्किल बन्दै गयो लक्ष्य भेट्न अनि त्यतिनै धेरै मिहेनत गर्नुपय्रो । हुनत म कलाकार हुँ, सबैको मन बुझाउन सकेभने सबैले मन पराउँनेछन् यहाँ तर मेरोपनि व्यक्तिगत जिवन छ । कुनै बेला त्यो मेरो व्यवसायिक जिवन मा नचाहँदा चाहँदैपनि व्यक्तिगत जिवनको असर पर्न जान्छ । जतिबेला म सानो सपना बोकेर देशको राजधानि छिरे त्यतिबेलाको म भित्रको म भन्दा कयौ गुणा म मा आत्मविश्वास र हिम्मत पलाएको छ । मेरो सपनाको सहरमा पाईला टेक्दै गर्दा सबै बिरानो थिए तर आज यहाँ मैले सबैलाई नचिनेपनि अधिकांशले मलाई चिन्नु हुन्छ । वर्तमान अवस्था भन्दा त्यो समय मलाई धेरैनै कठिन थियो । आज म जहाँ छु, जुन अवस्थामा छु मलाई सहयोग गर्ने धेरैनै हुनुहुन्छ ।


म लड्नलाई जन्मिएकि हुँ, मर्न हजुरहरुको मायाले दिनेछैन । भोगेको दुःखले कुनै न कुनै समयमा जिवनको अर्थ नबुझ्दा त्यो सोच सैतानि मस्तिष्कमा भरिनु स्वभाविक थियो तर मैले हार खाएकि छुईन ।  मैले विगतका कुरा गर्दै गर्दा कम्जोर भईछे नसम्झिनु होला । अझै धेरै कुरा गर्न उर्जा भरीएको छ हजुरहरुको साथ देखेर । आत्यहत्याको कुरा गर्दै गर्दा ति मेरा कुरालाई लिएर धेरैले चिन्ता व्यक्त गर्नु भयो तर ति सबै मेरा अतित थिए । आज सुखै सुखमा छु त भन्न खोजेको त हैन तर धेरै दुःखपनि छैन । कलाकारको जिवन सोचेझै वहाँ गर्ने गरीको हुन्न तर सबैले त्यस्तै देखाउँछन् मैले जे थियो यथार्त त्यो देखाएकि हुँ । सबैभन्दा पहिला त म मानव हुँ र आँशु, रिस, खुशी, दुःख, चन्ता, सोच यी सबै मेरा मानविय गुण हुन् यसलाई मैले विर्सन सकिन । यसलाई लिएर कसैलेपनि चित्त दनुखाउनु होला । मैले गरेका कुराहरु कसैलाई प्रहार गर्न होईन, कसैप्रति रिस राखेरपनि होईन, कसैसंग दुसभाव रचेर होईन र कसैलाई नराम्रो देखाउन त झन हुँदै होईन । यो नितान्त मेरो भोगाईको पाटो थियो जस्लाई सुनेर यस क्षेत्रमा आउने आगन्तुकहरुले पहिलेनै आफू भित्र यी कुराहरु विकाश गरेर आउनु पर्नेछ । यसलाई लिएर कसैको चित्त दुखाई छ भने म अन्तर आत्माबाट माफि चाहान्छु । म आफै कम्जोर बनेको होईन, समयले मलाई कम्जोर बनाउन खोज्यो तर त्यो अवश्थाले हार खाई सकेको छ । म आज एक्लै निडर भएकि छु ।


फेरीपनि मबाट केहि त्रुटि भएमा माफि चाहान्छु । सदैव सबैको साथको आवश्यकता रहनेछ मेरो जिवनमा ।

एलिना"

Top Post Ad

post bottom ads

Ads Bottom