Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

माछा मार्नेक्रममा पानीमा डुबेर एक युवकको ज्यान गयो - Brighter Khabar

 

भदौ १२ गते । बिर्तामोडमा माछा मार्नेक्रममा पानीमा  डुबेर एक युवकको मृत्यु भएको छ । 

मंगलबार बिहान बिर्तामोड नगरपालिका १० तेलकानी निवासी २६ वर्षीय दिनेश हस्दाको घर नजिकैको पानी जमेको पानीमा  माछा मार्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ  । 

प्रहरीका अनुसार मंगलबार बिहान हस्दा घर नजिकैको पैनीमा माछा मार्न गएका थिए  । 

माछा मार्ने क्रममा पैनीमा डुबेर घाइते भएका उनलाई  तत्काल उद्धार गरी अस्पताल लगिएको थियो । 

हस्दाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

घटना बारेमा इलाका प्रहरी कार्यालय अनारमनिले थप अनुसन्धान भइरहेको  जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom