Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

चोरी गर्दागर्दै दुई जना पक्राउ - Brighter Khabar


भदौ ३ गते । कनकाई नगरपालिका–१ प्रजापतिमा एक घरमा चोरी गर्दागर्दै दुई जना चोर पक्राउ परेका छन् । 

स्थानीयको घरमा राखेको काठको बटम घरबाट झिकेर चोरी गर्दैगरेको अवस्थामा झापा कनकाई नगरपालिका–४ का २३ वर्षीय सरोज आले मगर र सोही ठाउँ बस्ने २५ वर्षीय अशोक आले मगरलाई काठ चोरी गर्दैगरेको अवस्थामा पक्राउ परेका हुन् ।

प्रहरीले तत्काल घटनास्थलमा पुगी दुवै जनालाई चोरी गरेको काठ र साइकलसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख वरिष्ठ प्रहरी नायव निरीक्षक अशोक कोइरालाले बताउनुभयो । 

पक्राउ परेका दुवै जना लागूऔषध प्रयोगकर्ता हुनसक्ने प्रहरीको भनाइ छ । 

उनीहरूले चोरी गरेको काठ सुरुङ्गाकै काष्ठ फर्निचरमा लगेर विक्री गर्नेगरेको बयान दिएका छन् । पक्राउ गरिएका दुवै जनालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय बिर्तामोड लगिएको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom