Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

अपरेटर र लेखापल घुस सहित पक्राउ - Brighter khabar


 साउन ३१ गते । सप्तरीकाे विष्णुपुर गाउँपालिकाका एमआइएस अपरेटर वीरेन्द्रकुमार यादव र लेखापाल टेकनारायण यादवलाई घुस लिएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ । 


बुधवार (आज) बिहान ९ बजे सेवाग्राहीसँग अपरेटर यादवले दुई लाख नगद र लेखापाल यादवले तीन लाख रुपियाँको चेक लिँदै गरेको अवस्थामा आयोगको इटहरीबाट खटिएको टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको आयोगका प्रवक्ता भोला दाहालले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । 


सोलार बत्ती जडानलगायतको योजनामा भुक्तानी गर्दा सेवाग्राहीसँग घुस रिस्वत लिइरहेको अवस्थामा यादवद्वयलाई आयोगको कार्यालय इटहरीको टोलीले राजविराज-३ बाट नियन्त्रणमा लिएको हो । 

Top Post Ad

post bottom ads

Ads Bottom