Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

यात्रुबाहक हाइस गाडी दुर्घटना हुँदा दुईको ज्यान गयो,१६ जना घाइते, चालक सम्पर्कविहीन - Brighter Khabar

दुर्घटनाग्रस्त बस, तस्विर : नेपाल प्रहरी 


भदौ ४ गते। रूकुमबाट दाङको तुलसीपुरतर्फ आउँदैगरेको यात्रुबाहक हाइस गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। 

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका लागि ल्याइएका रूकुम पश्चिमका ६० वर्षीय कमारो कामी र सल्यानको दार्मा गाउँपालिका –२ की ३६ वर्षीया ओमपत खत्रीको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो ।  

उहाँका अनुसार तुलसीपुर अस्पतालमा १६ जना घाइतेको उपचार भइरहेको छ। सोमध्ये तीन जनाको अवस्था गम्भीर छ ।  लु २ ख ५७३१ नम्बरको यात्रुबाहक फोर्स गाडी कपुरकोट गाउँपालिका –३ आगरखोला नजिकै दिउँसो तीन बजेतिर दुर्घटनामा परेको थियो । 

दुर्घटनामा सल्यान दार्मा गाउँपालिका २ बस्ने वर्ष ६० को खिर्म खत्री टाउको, हात र खुट्टामा चोट लागेको छ । त्यस्तै, सोही गाउँपालिका बस्ने वर्ष ४१ कि रुपा केसी, रुकुमपश्चिम बस्ने ४० वर्षीया विमलादेवी पुनको टाउकोमा चोट लागेको छ । 

त्यस्तै, सल्यान दार्मा गाउँपालिका २ थानागाउँ बस्ने ५१ वर्षीय टीकाराम केसी, उहाँका छोरा १८ वर्षीय मानबहादुर केसी पनि घाइते भएको प्रहरीले जनाएको छ । 

घाइते हुनेमा सोही गाउँपालिकाका ६० वर्षीय रमेश केसी, त्रिवेणी गाउँपालिका ७ का ५० वर्षीया गौमती खड्का, सोही गाउँपालिकाका २६ वर्षीय पुस्कर रसाइली रहेका छन्  । 

त्यस्तै, चौरजहारी नगरपालिका १२ का ४६ वर्षीय पलबहादुर खड्का, वडा १४ का १८ वर्षीया माया मगर, १६ वर्षीया निर्मला राना पनि घाइते भएकी छिन्  । 

सोहीअनुसार दार्मा गाउँपालिका ५, सल्यानका १६ वर्षीया रमिता चन्द, रुकुमपश्चिम सानोभेरी गाउँपालिका ११ का २० वर्षीय भुपाल विक, किमटाकुरा बस्ने ३२ वर्षीय इन्द्रबहादुर केसी पनि घाइते भएका छन्  । 

प्रहरीका अनुसार सोही गाउापालिका वडा २ का ३६ वर्षीय खुमबहादुर खत्री, सल्यान दार्मा गाउँपालिका १ का अन्दाजी २३ वर्षीय चालक एकबहादुर चन्द सम्पर्कविहीन रहेका छन् । 

Top Post Ad

post bottom ads

Ads Bottom