Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पुनः जङ्गली च्याउ खाँदा दुई जनाको ज्यान गयो - Brighter Khabar

 

भदौ १ गते । दाङमा जङ्गली च्याउ खाँदा एकै घरका दुई जनाको ज्यान गएको छ । साउन २९ गते साँझ बङ्गलाचुली गाउँपालिका–४ भित्ताला जङ्गलबाट खोजेर ल्याएको जङ्गली च्याउ खाएर बिरामी परेका तीन जनामध्ये दुईजनाको मृत्यु भएको छ ।

जङ्गली च्याउ खाएर गम्भीर बिरामी पर्नुभएको बङ्गलाचुली गाउँपालिका–४ मैकुटी निवासी २७ वर्षीया ईश्वरी सुनारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा आज (शुक्रबार) मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक राजनकुमार गौतमले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार ईश्वरी  सुनारकी ११ वर्षीया छोरी अस्मिता सुनारको साउन ३१ गते उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको थियो । 

विषालु च्याउ खाएर गम्भीर घाइते तीन जनामध्ये दुई जनाको मृत्यु भएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार श्रीमान अजय सुनारको पनि स्वास्थ्य अवस्था गम्भीर छ । उहाँको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । 

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार आर्थिक वर्ष २०८०/०८१ को हालसम्म जिल्लामा विषालु च्याउ खाँदा ३० जना बिरामी परेका छन् । जसमा २४ जना महिला र छ जना पुरुष रहेको प्रहरी नायब उपरीक्षक गौतमले जानकारी दिनुभएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom