Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

भारतको उत्तराखण्डमा गएको पहिरोमा परेर १४ नेपाली वेपत्ता दुई जनाको शव भेटियो - Brighter Khabar

 

भारतको उत्तराखण्डमा गएको पहिरोमा परेर हराइरहेका १६ जना नेपालीहरुमध्ये दुई जनाको हब फेला परेको छ ।

उत्तराखण्डको प्रशिद्ध धार्मिकस्थल केदारनाथको मन्दिर नजिक रहेको होटल पहिरोले बगाउँदा त्यहाँ रहेका नेपालीहरु वेपत्ता भएको नयाँ दिल्ली स्थित नेपाली दूतावासले जनाएको छ ।

पहिरोले बगाएकामध्ये कालिकोटमा टेकबहादुर कामीसहित दुई जनाको शव प्राप्त भएको नयाँ दिल्ली स्थित नेपाली राजदूत डा शंकर शर्माले जानकारी दिनुभयो ।

पहिरोमा परेर जुम्लाका मात्रै ११ जना ववेपत्ता भएका छन् । यसैगरि पाँच जनाको बारेमा थाहा हुन नसकेको डा शर्माले जानकारी दिनुभयो ।

वेपत्ता भएकाहरुमध्ये दुई जनाको शव फेला परेको र त्यसलाई पोष्टमार्टमका लागि पठाइएको नेपाली दूतावासका प्रहरी वरिष्ठ उपरीक्षक उमा प्रसाद चतुर्वेदीले जानकारी दिनुभयो ।

वेपत्ता अन्य नेपालीहरुको खोजी र पहिचान गर्ने प्रयास भरहेको उहाँले जानकारी दिनुभयो । केदारनाथ प्रवेश गर्ने सडक खण्डको रुद्रप्रयागमा पहिरोले होटल बगाएको थियो ।

यसैबीच भारतीय सञ्चारमाध्यमहरुले होटलमा खाना खान गएका बेला पहिरोले होटल बगाएर मन्दाकिनी नदीमा खसालेको बताएका छन् । भारी वर्षा भइरहेकाले उद्धार तथा खोजीमा कठिनाइ भएको बताइएको छ ।

यसैबीच गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले सो घटनाबारे नेपाल सरकारले जानकारी पाएको र आवश्यक सहजीकरणका लागि पहल गरिएको बताउनु भयो ।

उहाँले भारतको उत्तराखण्ड प्रदेशको नेपालसँग सिमाना जोडिएको जिल्ला कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीलाई सहजीकरण गर्न परराष्ट्र मन्त्रालय मार्फत भनिएको जानकारी पनि प्रवक्ता भट्टराईले दिनुभयो ।

Top Post Ad

post bottom ads

Ads Bottom