Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरामा विद्यालय हिँडेका ३ बालिका घर फर्केनन् , खोजी गरिदिन परिवारको हारगुहार - Brighter Khabar



पोखरा , साउन ३० गते । पोखरामा छुट्टाछुट्टै स्थानका तिन बालिका बेपत्ता भएको खबर छ । 

विद्यालय हिँडेको तर घर नफर्केको भन्दै बालिकाहरूको खोजी गरिदिन भन्दै परिवारले प्रहरीमा उजुरी दिएको हो ।

गत साउन १९ गते विद्यालय जान्छु भनी हिँडेका बालिका हराएपछि परिवारले खोजीका लागि सम्बन्धित सबैलाई अनुरोध गरेका छन्  ।

पोखरा महानगरपालिका–२ विन्ध्यवासिनीका १४ वर्षीय मनिका, १३ वर्षीय एलिसा र १४ वर्षीय राधिका परियार  सम्पर्कविहीन भएका हुन् । 

तीनै जना बालिका हालसम्म पनि फेला नपरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पारिवारिक स्रोतका अनुसार उनीहरू उक्त दिन विद्यालय जाने भनेर हिँडे पनि विद्यालय चाहिँ नपुगेको बुझिएको छ ।

हराएका बालिकाहरूमध्ये राधिका र मनिका राष्ट्रिय माध्यमिक विद्यालय र एलिसा बर पाटन माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी हुन्  । 

राधिका र मनीकाका  अभिभावकले दिएको जानकारी अनुसार सविस्तार कुरा हुन नपाएपनि एकपटक फोनमा कुरा भएको बताइएको छ । तर उनीहरू कहाँ कुन अवस्थामा छन् भन्ने कुरा भने अज्ञात रहेको छ ।

आफन्त, इष्टमित्रसमेतको सम्पर्कमा नआएको हुँदा खोजतलास गरी पाऊ भन्दै परिवारले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएपछि खोजी कार्यलाई तीव्र पारिएको प्रहरीले जनाएको छ ।

परिवारका अनुसार बालिका हराउँदाको बखत विद्यालयको पोसाक सेतो सर्ट र निलो स्कट लगाएका थिए । 

यता प्रहरीले एक सूचना जारी गर्दै भेट्ने जो कोहीले पनि नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन आग्रह गरेको छ  । 

Top Post Ad

post bottom ads

Ads Bottom