Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

९० बर्षिय बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ - Brighter Khabar


साउन २७, बाराको जितपुरसिमरा उप–महानगरपालिका-१६ टागियाबस्तीमा आफ्नै ९० बर्षिय बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् ।


ईलाका प्रहरी कार्यालय निजगढको टोलीले ९० बर्षिय माईत सिं घलानलाई हत्या गरेको आरोपमा आफ्नै ६० बर्षीय छोरा दिल बहादुर घलानलाई प्रहरीले पक्राउ गरेको हो ।


घरायासी विवादको कारणले छोराले आफ्नै बाबुको हत्या भएको ईलाका प्रहरी कार्यलय निजगढका प्रहरी निरिक्षक घनश्याम श्रेष्ठले जानकारी दिनुभयो । ६० वर्षीय घलान मादक पदार्थ सेवन गरेको र सोही कारणले घटना गराएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।


मृतकको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल कलैया पठाईको र हत्या गर्ने छोरालाई हाल ईलाका प्रहरी कार्यलय निजगढमा थप अनुसन्धानको लागि राखिएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom