Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बालिकालाई जबरजस्ती करणी गरेको आरोप लागेका गङ्गा र किर्ते नागरिकताका दोषी राई पक्राउ - Brighter Khabar


भदौ ६ गते । जिल्ला प्रहरी कार्यालय पाँचथरले किर्ते नागरिकताका दोषी र बलात्कार आरोपीलाई पक्राउ गरेको छ । 
किर्ते नागरिकताका दोषी फिदिम नगरपालिका–१४, का मेखबहादुर राई र बलात्कारका आरोपी मिक्लाजुङ गाउँपालिकाका ५० वर्षीय गंगा राईलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

दुबै जनालाई फिदिम बजारमा लुकिछिपी बसेको अवस्थामा मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ  । 

सर्वोच्च अदालतको मिति २०७९ भदौ १६ गतेको फैसलाले मेखबहादुरलाई किर्ते नागरिकतामा दोषी ठहर गरेको प्रहरी कार्यालयले जनाएको छ । 

उनलाई मंगलबार नै जिल्ला अदालत पाँचथरमा पेस गरी अदालतको पत्रादेशले जिल्ला कारागार पाँचथरमा बुझाइएको जनाइएको छ । 

अदालतको फैसलामा मेखबहादुरले एक वर्ष कैद र २० हजार रुपियाँ जरिवाना सजाय भुक्तान गर्नुपर्ने तोकिएको छ ।  

बलात्कार आरोपी गंगा राईलाई अदालतबाट ७ दिनको म्याद लिई अनुसन्धानका लागि कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ । 

फरक क्षमता भएकी बालिकालाई गंगाले गत साउन २९  गते साँझ जबरजस्ती करणी गरेको आरोप छ । 

Top Post Ad

post bottom ads

Ads Bottom