Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पाहुना बस्न गएकी महिलाले नगद र सुनका गहना लुटेर हत्या गरी बाहिरबाट ताला लगाइदिएपछि - Brighter Khabar


साउन २९ गते । रुकुम पश्चिममा एक महिलाको हत्या आरोपमा पक्राउ परेकी २३ वर्षीया सिर्जना बुढा बोहराले त्यस अघि पनि महिलाको हत्या गरेको बताइएको छ । 

गत बिहीबार मुसिकोट नगरपालिका १ सल्लेकी एक महिलाको हत्या गरेको आरोपमा पक्राउ परेकी सिर्जनाले पाँच वर्ष अघि अर्की महिलाको पनि हत्या गरेको प्रहरीको दाबी छ । प्रहरीका अनुसार एक युवतीले दुई महिलाको हत्या गरेको रहस्य खुलेको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) नमराज भट्टराईका अनुसार गत ५२ बर्षीया हस्त कली बुढाथोकीको हत्या अभियोगमा पक्राउ परेकी सिर्जनाले पाँच वर्ष अघि पनि एक महिलाको हत्या गरेकी हुन् । 

२०७५ साल असार १० गते सोही गाउँकी ४६ बर्षीया आइती बुढाको हत्या भएको थियो । तर हालसम्म हत्यारा पत्ता लागेको थिएन । डिएसपी भट्टराईले बोहराले नै उक्त घटना घटाएको प्रहरी अनुसन्धानबाट खुलेको उल्लेख गर्नुभयो । पाँच वर्ष अघि आफूले गरेको हत्या कसैले पनि पत्ता लगाउन नसकेपछि अर्को हत्या गरेको बयान आरोपी युवतीले प्रहरी समक्ष दिएकी छिन् । 

डिएसपी भट्टराईले आरोपीको बयान, प्राप्त सबुत प्रमाण र अनुसन्धानका विभिन्न चरणबाट खुलेका प्रमाणहरूले पनि बोहराले दुई जनाको हत्या गरेको खुल्न आएको बताउनुभयो । 

प्रहरीले दुवै महिलाको हत्याको उद्देश्य र प्रकृति एउटै रहेको जनाएको छ । गहना र पैसा लुट्ने उद्देश्यले बोहराले बुढाथोकी र बुढाको हत्या गरेकी हुन् । गत बिहीबार राती बुढाथोकीलाई रक्सी खुवाएपछि लट्ठ परेर सुतेको अवस्थामा ढुङ्गा (लोेरो) ले कन्चटमा हानेर हत्या गरेपछि बोहराले मोबाइल, नगद रुपियाँ र सुनका गहना लुटेर बाहिरबाट कोठामा ताला लगाएर निस्किएकी थिइन् । 

डिएसपी भट्टराईले भन्नुभयो, “ठिक यस्तै उद्देश्य र प्रकृतिबाट पाँच वर्ष अघि पनि महिलाको हत्या गरेको पाइयो ।” त्यो बेला हिमचिम बढाएर सँगै सुतेकी बुढालाई बोहराले सुरुमा चौखी (पिर्का) ले टाउकोमा प्रहार गरेकी थिइन् । बेसोहीमा रहेकी बुढाले प्रतिकार गर्न खोजेपछि बोहराले खाटमुनि रहेको बन्चरो र बाउसो निकालेर अन्धाधुन्ध प्रहार गरेर हत्या गरेको प्रहरीको भनाई छ । हत्या लगत्तै गरगहना लुटेर कोठा बाहिर ताला लगाएर बोहरा राती नै आफ्नो घर गएकी थिइन् । 

गत बिहीबार हत्या गरिएकी बुढाथोकीको शुक्रबार राती मात्र घरभित्र शव रहेको पत्ता लागेको थियो । बाहिर ताला लगाएको अवस्थामा आफ्नै घरमा महिला मृत अवस्थामा भेटिएकोले घटना शङ्कास्पद रहेको भन्दै प्रहरीले कर्णाली प्रदेश प्रहरी कार्यालयबाट विशेष प्रहरी टोली र कर्णाली प्रदेश केनाईन शाखा कोहलपुरबाट तालिमप्राप्त कुकुर मगाएर अनुसन्धान सुरु गरेको थियो ।

बुढाथोकीको हत्या गरेर बोहराको एक थान मोबाइल, एक थान पोते, एक थान सुनको सिक्री, एक थान तिलहरी, एक जोडी कान बाली र एक थान चन्द्रमा लुटेको प्रमाण प्रहरीले फेला पारेको खबर गोरखापत्रमा छ । उनी माथि अनुसन्धान अगाडि बढाएको जनाएको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom