Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

करेन्ट लागेकी श्रीमतीलाई बचाउन गएका श्रीमानको मृत्यु, श्रीमती घाइते - Brighter Khabar


भदौ ७ गते । करेन्ट लागेर एक जनाको ज्यान गएको छ। झापा अर्जुनधारा नगरपालिका– ९ निवासी २४ वर्षीय अमृत रेग्मीको करेन्ट लागेर ज्यान गएको हो ।

प्रहरीका अनुसार  कुटी काट्ने मेसिनबाट करेन्ट लागेर रेग्मीको ज्यान गएको हो । बुधवार दिउँसो साढे २ बजेको समयमा आफ्नै घरमा कुटी काट्ने क्रममा श्रीमती ममतालाई करेन्ट लागेको थियो । श्रीमतीलाई करेन्ट लागेको देखेपछि बचाउन जाँदा श्रीमानलाई पनि करेन्टले हानेको  थियो । 

करेन्टले घाइते भएका दुवै जनालाई अस्पताल लैजाँदै गर्दा श्रीमानको बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।

घाइते श्रीमती  ममतालाई भने  स्थानीय अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएको प्रहरीले जनाएको छ ।

उनको अवस्था खतरामुक्त छ ।

Top Post Ad

post bottom ads

Ads Bottom