Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बाढीमा बेपत्ता भएका एकजनाको तीन दिनपछि शव भेटियो - Brighter Khabar


साउन २५ गते । मडाहा खोलाको बाढीमा बेपत्ता भएका सोनमा गाउँपालिका –१ का ३८ वर्षीय जावीर अंसारीको शव फेला परेको छ ।

बाढीले बगाएको तीन दिनपछि अंसारीको शव सोनमा –१ गोवरैया टोलनजिक मडाहा खोलाको पूर्वी बगरमा आज अपरान्ह फेला परेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले बताउनुभयो । 

वर्षा थामिएसँगै बाढी घट्दै गएपछि स्थानीयको सहयोगमा सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले तीन घण्टा लामो प्रयासपछि शव निकालेका थिए । 

गौशलाबजार जानु भएका अंसारी मंगलबार राति अवेरसम्म परिवारको सम्पर्कमा नआएपछि बाटोमा पर्ने मडाहा खोलाको बाढीले बगाएको आशंकामा प्रहरी र गाउँलेले खोजी गर्दैआएका थिए । 

बाढीको पानी जमेको करिव ५ फिट गहिरो खाल्डोमा खोजीगर्दा डोजरको सहायताले शव वाहिर निकालिएको थियो  । 

Top Post Ad

post bottom ads

Ads Bottom