Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरा विश्वविद्यालयका उपप्राध्यापकविरुद्ध भ्रष्टाचारको आरोप - Brighter Khabar


भाद्र १३, पोखरा विश्वविद्यालयका उपप्राध्यापक  रविन्द्र प्रसाद बरालले बिना स्वीकृति अन्य स्थानमा अध्यापन गरी दोहोरो सुविधा लिएको आरोप लागेको छ । 

अन्य स्थानमा काम नगर्ने प्रतिबद्धता पेश गरी नन्टिचिङ्ग एलाउन्ससमेत लिएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा आफैंले गरेको हस्ताक्षरसहितको प्रतिबद्धता विपरीत कार्य गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जनाएका छन्। 

बरालले सार्वजनिक सरकारी संस्थाबाट नन्टिचिङ्ग एलाउन्स समेत लिएको र उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम मंगलबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom