Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ट्रमा सेन्टरमा कार्यरत डाक्टर सवारी साधन छोडेर सम्पर्कविहीन - Brighter Khabar

 

भदौ ११ गते । मोरङको उर्लाबारी–३ स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा कार्यरत डाक्टर प्रज्जवल कोइराला सुनसरी र उदयपुरको सीमा भएर बग्ने सप्तकोशीको पुलमा आफ्नो सवारी साधन छोडेर सम्पर्कविहीन भएका छन्  । 
जुत्ता र मोबाइल पनि कारको छेउमा सडक किनारमा राखेर उनी वेपत्ता भएका हुन् ।

आइतबार ४:०० बजेसम्म अस्पतालका बिरामीको चेकजाँचमा संलग्न डाक्टर कोइराला राति १२:०० बजे सप्तकोशी पुलमा पुगेको सिसिटिभी फुटेजमा देखिएको छ  । 

झापाको दमक १ स्थायी घर भएका  ३१ वर्षीय जनरल सर्जन कोइराला साउन २९ गते मात्र करारमा नियुक्ति भएका थिए  ।  

उता जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरीका अनुसार डाक्टर कोइरालाले चढ्ने प्रदेश १.०२.००२ च ४१६६ नम्बरको कार सप्तकोशी पुलको पश्चिमतर्फ रोकिराखेको अवस्थामा छोडिएको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom