Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

फेसबुकमा बिदाइको मेसेज लेखेका वडा अध्यक्ष साढे दुई घण्टापछि मृत भेटिए - Brighter Khabar


गुल्मी , भाद्र २ गते ।  फेसबुकमा बिदाइको मेसेज लेखेका वडा अध्यक्ष साढे दुई घण्टापछि मृत भेटिएका छन् ।
आफ्नो फेसबुक वालमा ''घर परिवार, साथीभाइ, शुभचिन्तक सबैसँग माफी चाहन्छु , अल बिदा'' भनेर पोष्ट गरेका  गुल्मीको मुसिकोट नगरपालिकाका वडाध्यक्ष मोहन घिमिरे मृत भेटिएका हुन् ।

परिस्थितिको चपेटामा परेको भन्दै आफू  बाच्नुको अर्थ नभएको स्ट्याटस लेखेका वडा अध्यक्ष घिमिरेले आत्महत्या गरेका हुन् ।

उनी शुक्रबार दिउँसो घरबाट निस्केका थिए । घर नफर्किएपछि खोजी गर्दा उनी घर नजिकैको रूखमा झुन्डिएको अवस्थामा मृत भेटिएका थिए । 

फेसबुक स्ट्याटस लेख्दै उनले भनेका थिए “परिस्थितिको चपेटामा परेपछि बाच्नुको अर्थ हुँदो रहेनछ । प्रिय अनिता, साथ निभाउन सकेन, मलाई माफ गरे, घर परिवार, साथीभाइ, शुभचिन्तक सबैसँग माफी चाहन्छु । अल बिदा ।”

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom