Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बागलुङ नगरपालिकामा अझै थप ३ दिन विद्यालय बन्द रहने - Brighter Khabar


बाग्लुङ, २८ साउन ।  बागलुङ नगरपालिकामा विद्यालय बन्द रहने अवधि ३ दिन  थप गरिएको जनाएको छ  ।
 
सूचना जारी गर्दै पालिकाले आँखा पाक्ने रोगको कारण देखाई थप ३ दिन विद्यालय बन्दको सूचना जारी गरेको हो ।

पछिल्लो समय देशव्यापी रूपमा फैलिएको भाइरल  आँखा पाक्ने रोगका कारण यस नगरपालिका अन्तरगतका विद्यार्थीहरू पनि अत्यधिक प्रभावित भएकाले  सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरू बन्द गरिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत   हरिदत्त कँडेलले जानकारी दिए ।

यो सँगै चेन ब्रेक गर्नको लागि विद्यालयहरूको पठनपाठन  श्रावण २९, ३० र ३१ गते गरेर  थप ३ दिन  बन्द रहने कँडेलले बताए ।

''उक्त रोग नियन्त्रण गर्नको लागि मिति २०८०।०४।२६ देखि २८ गते सम्म विद्यालयको पठनपाठन बन्द गरिएकोमा यस नगरपालिका क्षेत्रमा पछिल्ला दिनहरूमा उक्त रोगको सङ्क्रमण दर अझै उच्च देखिएकोले रोगको चेन ब्रेक गर्नको लागि विद्यालयहरूको पठनपाठन थप ३ दिन  श्रावण २९, ३० र ३१ गते सञ्चालन नगर्नु नगराउनुहुन साउन २८ गतेको निर्णय अनुसार अनुरोध छ ।'' सूचनामा भनिएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom