Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

नक्कली आमा बनाएर अर्कैको नामको जग्गा आफ्नो नाममा हत्याएपछी - Brighter Khabar

फाइल: तस्विर 


भदौ ९ गते । मकवानपुरको थाहा नगरपालिकाका एक व्यक्तिले नक्कली आमा बनाएर अर्कैका नामको जग्गा आफ्नो नाममा हत्याएको खबर छ  ।

कीर्तिपुर र थाहा नगरपालिकाका जनप्रतिनिधिको  संलग्नतामा उक्त घटना भएको बता इएको  रहेको छ । 

जग्गामा रकम हाल्ने भारतीय नागरिकको जाहेरीपछि मात्र यो घटना सार्वजनिक भएको हो । प्रहरीले दुई जना वडाध्यक्षसहित २१ जनाविरुद्ध गत साउन २८ गते काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

घटना विवरण अनुसार कीर्तिपुरको महँगो जग्गा हात पार्न थाहा नगरपालिका–१२ का सतराज गुरुङले नक्कली आमा खडा गराएर सबै प्रक्रिया पूरा गरेका थिए । यस कार्यमा मकवानपुरको थाहा नगरपालिका–१२ का वडाध्यक्ष टीकाराम स्याङ्तान र कीर्तिपुर नगरपालिका–१० का वडाध्यक्ष नरेश महर्जनको सहयोग रहेको खबर  छ । 

काठमाडौँको कीर्तिपुर नगरपालिका–१० स्थित ट्याङ्लाफाँटको कित्ता नम्बर २०३ को ९९२ वर्गमिटर अर्थात् एक रोपनी १५ आना जग्गा गुरुङले आफ्नो नाममा गरेको पाइएको हो ।


भारतीय नागरिक एमसी परेराले उक्त जग्गा किनेर राखेका थिए  । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीका अनुसार भारतीय नागरिक परेराले श्रीमती बनाएका उमादेवी गुरुङको नाममा जग्गा किनेका थिए  । उनीहरूभने निसन्तान रहेको बुझिएको छ   ।

भरतपुर महानगरपालिका वडा नम्बर–१९ बाट उमादेवीको मृत्यु दर्ता प्रमाणपत्र बनाएको पाइएको छ । मृतक गुरुङका आफन्त नभएपछि स्वतः राज्यको हुनुपर्नेमा सतराज गुरुङले उमादेवीको चितवनमा मृत्यु दर्ता गराएर आफ्नो नाममा राखेको पाएको प्रहरीले जनाएको छ  ।

सतराजले उक्त जग्गा आफ्नो नाममा किर्ते गरेर लिएको थाहा भएपछि भारतीय नागरिक परेराले उमादेवी मेरी श्रीमती रहेको भनी प्रहरीमा उजुरी दिएपछि सबै घटना सार्वजनिक भएको हो ।

Top Post Ad

post bottom ads

Ads Bottom