भदौ ६ गते । नापी कार्यालय, लहान सिरहामा कार्यरत अमिन घुस सहित पक्राउ परेका छन् ।
अमिन दिपरन्जन यादवले जग्गाधनी पुर्जा बनाउने क्रममा सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
अमिन यादवले १० हजार घुस लिएको अवस्थामा पक्राउ गरेको जानकारी आयोगका प्रवक्ता भोला दाहालले दिए ।
आयोगले सो रकम लिइसकेको अवस्थामा आयोगको टोलीले बुधबार पक्राउ गरेको हो ।