Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पैदल यात्रीलाई जोगाउन खोज्दा भएको मोटरसाइकल दुर्घटनामा परी चालकको ज्यान गयो - Brighter Khabar


भदौ १४ गते । झापामा मोटरसाइकल दुर्घटनामा परेर एक युवाको मृत्यु भएको छ । 

बिहीबार बिहान झापाको बाह्रदशी गाउँपालिका–५ स्थित घोडामारामा मोटरसाइकल दुर्घटनामा परेर २२ वर्षीय युवा सनम हेमरमको मृत्यु भएको छ । 

चारपाने–राजगढ भित्री सडकमा बिहान ११ बजे मे ८ प ३५६९ को मोटरसाइकलले बाटो काट्दै गरेकी पैदल यात्री स्थानीय ४५ वर्षीया मनि मर्डीलाई जोगाउन खोज्दा दुर्घटना भएको बताइएको छ । 

दुर्घटनामा परेर मोटरसाइकल चालक हेमरमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले बताउनुभयो । 

दुर्घटनामा पैदलयात्री मर्डीसहित मोटरसाइकलको पछाडि बस्ने बिर्तामोड ३ का २३ वर्षीय समीर महमद घाइते हुनुभएको छ ।

बुधबार झापामा भएको फरक फरक मोटरसाइकल दुर्घटनामा दुई जनाको ज्यान गएको थियो । शिवसताक्षी र बिर्तामोडमा मोटरसाइकल दुर्घटना हुँदा एक किशोरीसहित दुई जनाको मृत्यु भएको थियो ।

Top Post Ad

post bottom ads

Ads Bottom