Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

मेरिगोल्ड अङ्ग्रेजी आवासीय मा.वि.मा बुद्धिचाल (चेस) प्रतियोगिता सम्पन्न - Brighter Khabar


पोखरा, ८ गते भाद्र  । पोखरा १५ नयाँ गाउँमा अवस्थित मेरिगोल्ड अङ्ग्रेजी  आवासीय मा. वि. मा बुद्धिचाल (चेस) प्रतियोगिता सम्पन्न भएको छ  ।

विद्यालयले प्राथमिक  तह र  माध्यमिक  तहका विद्यार्थीहरूबिच छुट्टाछुट्टै रूपमा  बुद्धिचाल प्रतियोगिता सम्पन्न गरेको हो ।

प्रतियोगितामा जुनियरबाट कक्षा ५ का  एलिस बुढाथोकी र कक्षा ६ का आरोग्य श्रेष्ठले क्रमशः प्रथम र द्वितीय स्थान प्राप्त गरेका थिए । 

त्यस्तै सिनियर तर्फ कक्षा ८ का विद्यार्थी आयुष गहतराजले प्रथम स्थान प्राप्त गर्न सफल भएका थिए भने कक्षा १० का आयुष विश्वकर्माले द्वितीय स्थान प्राप्त गरेका थिए ।

कार्यक्रममा ७० जना विद्यार्थीको सहभागिता रहेको थियो  ।

Top Post Ad

post bottom ads

Ads Bottom