Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्याङ्जामा अरिङ्गाल पोल्न गएका एकजनाको ज्यान गयो - Brighter khabar


स्याङ्जा- स्याङजाको बिरुवा गाउँपालिका-१ किचनासका २८ बर्षिया चेलिस श्रेष्ठको अरिङ्गालको टोकाईबाट मृत्यु भएको छ ।

मंगलवार साँझको समयमा घर नजिकै जंगलमा अरिङ्गाल पोल्न गएका श्रेष्ठलाई करिब ६०/७० वटा अरिङ्गालले टोक्दा घाईते भएका थिए ।

स्थानियको सहयोगमा घाइते श्रेष्ठलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरामा ल्याइएको थियो । 

उनको उपचारका क्रममा राति एक बजे ज्यान गएको अस्पतालले  जनाएको छ ।

अरिङ्गाल पोल्न श्रेष्ठसहित छ जना गएकोमा अन्य पाँच जनालाई केही नभएको बताइको छ । 

घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom