Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

दुई घण्टाको प्रयासपछि अवरुद्ध बनेको पृथ्वीराजमार्ग दुईतर्फीरुपमा सञ्चालनमा - Brighter Khabar


साउन २८, पहिराका कारण अवरुद्ध बनेको पृथ्वीराजमार्गअन्र्तगत दमौली–डुम्रे सडक खण्ड दुईतर्फीरुपमा सञ्चालनमा आएको छ ।

तनहुँको व्यास नगरपालिका–१२ स्थित बेलभञ्ज्याङ्गमा माथिबाट पहिरा खस्दा आज दिउँसो १२ः३० बजेदेखि राजमार्ग अवरुद्ध बनेको थियो ।

केही दिनदेखिको अविरल वर्षाका कारण उक्त सडक खण्डमा पहिरा खसिरहेकाले पटकपटक अवरुद्ध हुने गरेको जिल्ला प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो ।

आज करिब दुई घण्टाको प्रयासपछि राजमार्गको पहिरा हटाएर आवागमन सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

जिल्ला तथा इलाका प्रहरी कार्यालयबाट खटिएको विपद् व्यवस्थापन टोली र स्थानीय पालिकाको सहकार्यमा पहिरा पन्छाइएको खाँणले बताउनुभयो ।

Top Post Ad

post bottom ads

Ads Bottom