Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बाख्रा चराउन जङ्गल गएका एकजनाको अरिङ्गालले चिलेर ज्यान गयो - Brighter Khabar


साउन २६, अरिङ्गालले चिलेर एक जनाको मृत्यु भएको छ । 

बिहीबार जिल्लाको साँफेबगर नगरपालिका–८ चण्डिका काटैका निवासी ७२ वर्षीय टेकबहादुर कुँवरको मृत्यु भएको हो ।

कुँवर बिहीबार बाख्रा चराउन जङ्गल गएका बेला मौरीडाँडा भन्ने ठाउँमा अरिङ्गालले चिलेपछि सख्त घाइते भएका थिए ।

 कुँवरको बयालपाटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अछाम जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए  ।

Top Post Ad

post bottom ads

Ads Bottom