Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

अमेरिकाको फ्लोरिडा राज्यमा अन्धाधुन्ध गोली चल्दा तीन जनाको ज्यान गयो - Brighter Khabar


अमेरिकाको फ्लोरिडा राज्यको ज्याक्सनभिल्लामा एक रंगभेदी पुरुषले तीन जना अस्वेत नागरिकको गोली हानी हत्या गरी पछि आफूले पनि आत्महत्या गरेका छन् ।


झण्डै २० वर्षीय स्वेत नागरिक शहरको जनरल डलर स्टोरमा प्रवेश गरी गोली चलाएको प्रहरीले जनाएको छ । अचानक गोली चलाएका ती व्यक्तिसँग प्रहरीको केही बेर झडप समेत भएको बताइएको छ ।


दुई महिला र एक पुरुषको हत्या गरेका बन्दुकधारीले शरीरमा सुरक्षा कवच लगाएका थिए । साथै घटनास्थलमा रंगभेद सम्बन्धी घोषणापत्र छोडेको प्रहरीको भनाइ छ ।


ज्याक्सनभिल्लाकी मेयर डोना डिगनले घटनालाई रंगभेद र घृणाले भरिएको अपराध भएको व्याख्या गर्नुभएको छ । अर्ध स्वचालित राइफल र हाते बन्दुक बोकेका बन्दुकधारीको हालसम्म नाम सार्वजनिक गरिएको छैन ।

Top Post Ad

post bottom ads

Ads Bottom