Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरामा ट्रकको ठक्करबाट स्कुटर चालकको ज्यान गयो , ट्रक ड्राइभर प्रहरीको नियन्त्रणमा - Brighter Khabar


पोखरा- पोखरामा एक मालवाहक ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको ज्यान गएको छ  । 

आज दिउसो ग २२ प ७९५१ नम्बरको स्कुटरलाई  बागमती प्रदेश ०३-००१ क ०२६३ नम्बर प्लेट भएको ट्रकको ठक्करबाट तनहुँकी वर्षा कुमालको ज्यान गएको हो  । 

२० वर्षीय वर्षालाई पोखरा को सभागृह चोकमा   पछाडिबाट आएको  ट्रकले ठक्कर दिएको थियो  । 

तीव्र गतिमा रहेको ट्रकले ठक्कर दिएर टायरले किचेपछि वर्षा गम्भीर घाइते भएकी थिइन् । टाउकोमा गम्भीर चोट लागेका कारण अस्पताल पुग्न पाउँदा नपाउँदै उनको ज्यान गएको प्रहरीले जनाएको छ ।

यति बेला ट्रक र ट्रकका चालकलाई नियन्त्रण लिएर अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom