Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बचतकर्ताको अर्बाैँ रुपैयाँ ठगी गर्ने शिव शिखर सहकारीका नाइके केदारनाथ शर्मा पक्राउ - Brighter khabar


भाद्र १४, बचतकर्ताको अर्बाैँ रुपैयाँ ठगी गर्ने शिव शिखर सहकारीका नाइकेलाई प्रहरीले पक्राउ गरेको छ । 

बचतकर्ताको  करिब १४ अर्ब रुपैयाँ ठगी गर्ने केदारनाथ शर्मा न्यौपानेलाई   प्रहरीले भारतको मुम्बईबाट पक्राउ गरेको हो।

उनलाई  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले सोमबार पक्राउ गरेर नेपाल ल्याएको जनाएको छ  ।

अरबौं रकम  हिनामिनाको मुख्य नाइके शर्मा भएको अनुसन्धानमा खुलेपछि उनलाई भक्तपुर र मोरङमा मुद्दा दायर भइसकेको र अनुसन्धान जारी रहेको समेत प्रहरीले जनाएको छ ।

न्यौपनाले भक्तपुरमा केन्द्रीय कार्यालय भई ३५ जिल्लामा शाखा कार्यालय रहेको शिव शिखर सहकारीको पूर्वअध्यक्ष समेत  हुन् ।

Top Post Ad

post bottom ads

Ads Bottom