Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

जबरजस्ती करणी गरेर फरार रहेका प्रतिवादी ११ वर्षपछि पक्राउ - Brighter khabar


दमक, साउन १६ गते । झापा जिल्ला अदालतको विभिन्न मितिको फैसला अनुसार विभिन्न मुद्दाहरूमा फरार रहेका ३ जना प्रतिवादीहरू पक्राउ परेका छन् । 

फैसला कार्यान्वयनको लागि खटिएको प्रहरी टोलीले जबरजस्ती करणी मुद्दाका एक अभियुक्तलाई ११ वर्षपछि पक्राउ गरेको हो ।

जबरजस्ती करणी मुद्दामा ६ महिना कैद फैसला भई फरार रहेका जिल्ला झापा मेचीनगर नगरपालिका वडा नं. १० बस्ने एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र प्रसाद रिजालले बताउनुभयो । 

पक्राउ परेका व्यक्तिको नाम भने सार्वजनिक गरिएको छैन ।

वि.सं.२०७० साल असार १३ गते ६ महिना कैद फैसला सुनाएका फरार प्रतिवादीलाई पक्राउ गरेर अदालतको आदेश अनुसार कैद भुक्तानका लागि कारागार पठाइएको रिजालले जनाउनुभयो ।

यसैगरी, अदालतको मिति २०७२ साल असार १ गतेको फैसला अनुसार सरकारी छाप दस्तखत किर्ते मुद्दामा १ वर्ष कैद र ५० रुपियाँ जरिवाना फैसला भई फरार रहेका कनकाई नगरपालिका वडा नं.४ बस्ने सुसन चुडाललाई पनि प्रहरीले पक्राउ गरेर कारागार पठाइएको छ ।

प्रहरीका अनुसार तीन वर्षअघि बालयौन दुरुपयोग मुद्दामा १ वर्ष कैद, तथा प्रतिवादीले पीडितलाई ५० हजार क्षतिपूर्ति दिलाई भराई दिनु पर्ने फैसला भएपछि फरार रहेका मेचीनगर नगरपालिका वडा नं.९ का नाम नखुलाइएका अर्का व्यक्तिलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom