Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

कुखुराको अवैध आयात रोक्न निर्देशन , अवैध ओसारपसारमा संलग्नलाई कारबाही हुने - Brighter Khabar


भदौ ५ गते। गृहमन्त्रालयले कुखुराको अवैध आयात रोक्न निर्देशन दिएको छ ।  कुखुराको अवैध आयात रोक्न निर्देशन दिँदै मन्त्रालयले अवैध ओसारपसारमा संलग्नलाई कारबाही गर्न समेत निर्देशन दिएको छ ।

खुला सिमानाबाट गैरकानुनी रूपमा ओसारपसार हुन सक्ने कुखुरा तथा कुखुराजन्य पदार्थको नियन्त्रणको व्यवस्था मिलाउन र अवैध ओसारपसारमा संलग्न व्यक्ति तथा प्रयोग हुने सवारी साधनलाई प्रचलित कानुन बमोजिम आवश्यक कानुनी कारबाही गर्न निर्देशन गरिएको हो ।

मन्त्रालयले  नेपाल प्रहरी, सशस्त्र प्रहरी र सबै जिल्ला प्रशासन कार्यालयका नाममा पाँच बुँदे निर्णय जारी गर्दै उक्त कुरा जनाएको हो  ।

सीमा नाकामा गस्ती निगरानी बढाउने, सीमा क्षेत्रमा अवैध तथा मापदण्डविपरीत खोलिएका कुखुरा फार्म, वधशाला ह्याचरी र कोल्ड स्टोरहरूलाई हटाउने जनाइएको छ ।

मन्त्रालयले भन्सार तथा क्वारेनटाइनको प्रभावकारिता वृद्धि गर्न आवश्यक समन्वय तथा सहयोग गर्न आदेश दिएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom