Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बागलुङबाट ६ नाल अवैध भरुवा बन्दुक बरामद - Brighter Khabar


बाग्लुङ, २५ गते साउन । बागलुङमा प्रहरीले  ६ नाल अवैध भरुवा बन्दुक बरामद गरिको छ । 

बुधबार बाग्लुङस्थित  हटिया प्रहरी चौकीको टोलीले पाँच थान तथा नरेठाँटी प्रहरी चौकीको टोली एक थान भरुवा बन्दुक बरामद गरेको हो ।

गस्ती गर्ने क्रममा प्रहरीले गलकोट नगरपालिका–१ जनएकता सामुदायिक वनमा एक थान र वडा नम्बर ३ को भगवतीस्थानको ओडारमा बेवारिसे अवस्थामा पाँच नाल भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ  ।

बन्दुक कसले र किन राखेको थियो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom