Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

चितवनमा महिलाहरूको लागि निःशुल्क निलो बस सेवा , चालक र सहचालक पनि महिला नै राख्ने तयारी - Brighter Khabar


साउन १७, राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) ले बुधवारबाट चितवनमा महिलाहरूको लागि भनेर निःशुल्क बस सुविधा सुरु गरेको छ  ।

रास्वपा का सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछानेले महिलाका लागि बुधवारदेखि लागु हुने गरी निःशुल्क बस सेवा सुरु गरेका हुन् ।

ब्लु बस नामकरण गरिएको उक्त बसले क्षेत्र नम्बर २ का महिलाहरूलाई निःशुल्क रूपमा सेवा दिने रास्वपाका सभापति लामिछानेले बताएका छन् ।

चितवनको शक्ति खोरबाट छुट्ने बसले भरतपुरका विभिन्न सडक हुँदै शिव घाट सम्म सेवा दिने जनाइएको छ ।

निःशुल्क रूपमा सञ्चालित उक्त बसमा सेनेटरी प्याड समेत रहने छ । त्यस्तै  बसमा सूचना बक्स समेत रहने र आवश्यकताका आधारमा सुविधा थप गर्दै जाने बताइएको छ  ।

निःशुल्क बस सञ्चालनमा आइरहँदा सुरुका केही दिनमा व्यवस्थापनमा केही समस्या आए पनि त्यसलाई बिस्तारै समाधान गर्दै जाने बताउँदै सभापति लामिछानेले  बसमा चालक र सहचालक पनि महिला नै राख्ने तयारी रहेको जानकारी दिए । 

Top Post Ad

post bottom ads

Ads Bottom