Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

संवैधानिक परिषद्को बैठक आज बस्दै - Brighter Khabar


साउन १६,  संवैधानिक परिषद्को बैठक आज बस्दै छ । प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न संवैधानिक परिषद्को बैठक बस्न लागेको हो ।

बैठक अपरान्ह चार बजे बस्ने तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबिच आइतबार भएको छलफलमा परिषद् बैठक बोलाउने सहमति भएको हो ।

प्रधानमन्त्रीसहित सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपसभामुख, प्रमुख प्रतिपक्षी दलका नेता र कानुनमन्त्रीको उपस्थितिमा संवैधानिक परिषद्ले गत वैशाख २५ गते हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो ।

संसदीय सुनाइ सकिएपछि उनले गत असार २ गते प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका थिए । 

प्रधानन्यायाधीश कार्कीले जिम्मेवारी सम्हालेको ५० दिनपछि साउन २० गते अवकाश लिँदै छन्  ।

Top Post Ad

post bottom ads

Ads Bottom