Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

डर धम्की दिएर रकम असुल गर्ने गिरोह पक्राउ - Brighter Khabar

पक्राउ परेकाहरू , तस्वीर : नेपाल प्रहरी 


काठमाडौं उपत्यकाको बौद्ध जोरपाटी क्षेत्रमा सर्वसाधारणलाई डर धम्की दिएर रकम असुल गर्ने पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार सिन्धुपाल्चोक र रामेछाप स्थायी घर भएर काठमाडौं बस्दै आएका पाँचजना बुधबार पक्राउ परेका हुन्। 

पक्राउ पर्नेमा श्यामबहादुर लामा, विक्की लामा, भीमबहादुर बस्नेत, गोविन्द गजमेर र प्रवीण तामाङ छन्। 

उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को दफा ११८ को अभद्र व्यवहार गर्न नहुने कसुरमा थप अनुसन्धानका लागि बुधबार प्रहरी वृत्त बौद्धमा पठाइएको प्रहरीले जनाएको छ। 

Top Post Ad

post bottom ads

Ads Bottom