Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

१५ वर्षीय बालिका ६ महिनाको गर्भसहित प्रहरीकोमा पुगेपछि - Brighter Khabar


भाद्र २, १५ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

बालिकाको पेटमा ६ महिनाको गर्भ देखिएपछि बलात्कार आरोपमा प्रहरीले एक जनालाई मुगुबाट र दुई जनालाई जुम्ला जिल्लाबाट पक्राउ गरेको हो ।  

नौ युवकविरुद्ध ती बालिकालाई सामूहिक बलात्कार गरेको आरोप लागेको प्रहरीले जनाएको छ । 

घटना भएको  ६ महिनापछि बालिकाको परिवारले जिल्ला प्रहरी कार्यालय डोल्पामा किटानी जाहेरी दिएपछि ३ जनालाई पक्राउ गरिएको र अन्यको खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ । 

पहिला घटनाबारे थाहा भएन। पछि बालिकाको पेटमा बच्चा हुर्कँदै गएको परिवारले थाहा पाएपछि उनीहरूको नाममा किटानी जाहेरी दिएको प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom