Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पौने ५३ लाख नक्कली नोटसहित नौ जना पक्राउ - Brighter Khabar


साउन २६ गते । काठमाडौं र भक्तपुरबाट ५२ लाख ७५ हजार नक्कली नोटसहित नौ जना पक्राउ परेको खबर छ  । काठमाडौं प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो ।

लु १ प ५ नम्बरको पर्यटक बसलाई नागढुङ्गा चेकपोष्टमा चेकजाँच गर्ने क्रममा साउन २५ गते बिहीबार  डिक्कीमा चाउचाउको कार्टुनमा प्याक गरी राखिएकोे अवस्थामा सो नक्कली नोट बरामद गरिएको प्रहरी  परिसरले जनाएको छ ।

त्यस्तै थप सोधपुछ गर्दै जाने क्रममा बालाजु बसपार्क र भक्तपुरको बुढाथोकी गाउँबाट थप १७ लाख दुई हजार रुपियाँ हजार दरका नक्कली नोट बरामद गरिएको प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोकका अर्जुन सुवेदीको डेराबाट सो नक्कली नोट बरामद गरिएको थियो । सो नक्कली नोटको कारोबारमा सिन्धुपाल्चोकका अर्जुन सुवेदी, सुशील कार्की, मिलन भण्डारी, शिव भण्डारी, कृष्ण भण्डारी, झापाका युवराज राई, अछामका अर्जुन बुढा, गुल्मीका सागर आचार्य र नवलपरासीकी पार्वती नेपाली छन् । 

उनीहरुलाई मुद्रा कसुरमा मुद्दा दायर गरिने प्रहरीले जनाएको छ  ।

Top Post Ad

post bottom ads

Ads Bottom