Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पहिरो पन्छाएर एकतर्फी रुपमा खुल्यो सिद्धार्थ राजमार्ग - Brighter




पाल्पा- अविरल वर्षासँगै पहिरो खसेर अवरुद्ध भएको सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ ।


उक्त राजमार्गको ?उ?न्ज?तत???ज,nuuपाल्पा–बुटवल सडक खण्डको तिनाउ गाउँपालिका–३, भूतखोला दोभान क्षेत्रमा खसेको पहिरो पन्छाएपछि आठ घण्टापछि राजमार्गमा एकतर्फी सवारी साधन सञ्चालनमा आएको दोभान प्रहरी चौकीले जनाएको छ ।


पहिरो खसेर अवरुद्ध भएका सवारी साधन दुई तर्फबाट पालैपालो गरी गन्तव्यतर्फ पठाइएको दोभान प्रहरी चौकीले जनाएको छ ।


पहिरोसँगै रुख, ढुंगा, माटोसहित खसेकाले पन्छाउन समय लागेको प्रहरीले जनाएको छ । राजमार्ग अवरुद्ध भएर बाटोमा रोक्किएका सवारी गन्तव्यमा लागेका छ्न । दुई तर्फी सवारी सुचारु हुन समय लाग्ने प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom