Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

सुतिरहेको अबस्थामा कोठामा छिरेर आमा छोरा माथी चक्कु प्रहार - Brighter



भाद्र ५, बझाङको सदुरमुकाम चैनपुर बजारमा अज्ञात समुहद्धारा आमा छोरालाइ चक्कुप्रहार गरीएको छ । 

सुर्मा गाउपालिका वडा न ३ घर भै सदरमुकाम चैनपुरको सुर्माटोलमा कोठामा बस्दै आएका आमा छोरालाइ हिजो राती १२ बजे चक्कु प्रहार गर्दा घाइते भएका छन् ।

घाइते हुनेमा २७ बर्षिया सुनिता बिक, जेठो छोरा ७ बर्षिया आदित्य बिक र ४ बर्षिया छोरा एबल रहेका छन् । उनीहरुलाइ राती १२ बजे सुतिरहेको अबस्थामा कोठामा नै गएर चक्कु प्रहार गरीएको घाइतेका श्रीमान कलक बिकले बताउनुभयो ।

भेन्टिलेटरको तारको जालि काटेर मुल ढोकाको चुक्कुल खोलेर भित्र पसेको र मोबाइसमेत लिएर गएको त्यसपछि अगाडी दुई छोरालाइ चक्कुप्रहार गरेको र पछि श्रीमतिलाइ चक्कुप्रहार गरेको उहाँले बताउनुभयो ।

अज्ञात समुहहरुले मुखमा मास्क लगाएको सुनिता बिकले बताउनुभएको छ । जेठो छोरोलाइ बढि चोट लागेको र घाइते तीनै जनाको जिल्ला अस्पतालमा उपचार भैरहेको छ । 

प्रहरीले घटना सम्बन्धमा अनुसन्धान गरिरहेको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom