Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

के तपाइको तल्लो पेट दुखिरहन्छ ? यस्ता हुन सक्छन् कारण - Health Tips


 प्रश्न: महिनावारी नहुँदाको समयमा पनि तल्लो पेट दुख्छ? के समस्या होला?


डा कीर्तिपाल सुवेदीको उत्तर: 
महिलालाई सताइरहने स्वास्थ्य समस्यामध्ये एक हो, तल्लो पेट दुख्नु। महिनावारी हुँदा तल्लो पेट दुख्नु सामान्य नै मानिन्छ। सबै महिलामा पेट दुखाइको किसिम सामान्य खालको हुँदैन। त्यो पीडा कसैलाई असह्य किसिमको पनि हुन्छ। 

तल्लो पेट दुख्ने सबै पाठेघरको कारणले मात्र हुन्छ भन्ने हुँदैन। तल्लो पेट दुख्ने समस्या ढाडको कारणले पनि हुन सक्छ। यो दुखाइ महिनावारीको समयमा हुने दुखाइ मात्र होइन। महिनावारी नहुँदा पनि तल्लो पेटको दुखाइ हुन्छ। यो दुखाइलाई कम गर्न नियमित औषधि नै सेवन गर्नुपर्ने अवस्था आउँछ। 

पाठेघरमा हुने संक्रमण, पाठेघरको भित्ताको संक्रमण, पिसाबको संक्रमण, अण्डाको संक्रमण भइरह्यो भने तल्लो पेट दुख्ने हुन्छ। असुरक्षित यौन सम्पर्क, असुरक्षित गर्भपर्तन पनि तल्लो पेट दुख्नुको मुख्य कारणमध्ये एक हो। 

कहिलेकाहीँ महिनावारीको बीचमा र महिनावारी हुनुभन्दा अगाडि पेट दुख्नु सामान्य प्रक्रिया हो। तर तल्लो पेट दुखेर नियमित औषधि सेवन गर्नुपर्ने भयो वा दैनिकीमा बाधा पुग्यो भने चिकित्सकलाई देखाउनुपर्छ।

यो समस्याले ३५ देखि ४५ वर्ष उमेरका महिलालाई बढी सताउँछ। महिनावारी हुँदा धेरै पेट दुखेमा, महिनावारी अनियमित भएमा र धेरै ढाड दुखेमा तत्काल चिकित्सकको परामर्शमा जानुपर्छ। यौनाङ्गको सरसफाइमा ध्यान दिने, असुरक्षित यौन सम्पर्क नगर्ने र स्वस्थ जीवनशैली अपनाए तल्लो पेट दुख्ने समस्या बाट बच्न सकिन्छ।

स्वास्थ्य खबर 

Top Post Ad

post bottom ads

Ads Bottom