Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

संविधानसभा अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा निधन


 संविधानसभा अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको छ ।


उहाँलाई घरमै हृदयाघात भएकोमा उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । तर उहाँको बाटोमै निधन भएको जनाइएको छ ।


शिक्षण अस्पतालका इमरजेन्सी विभागका प्रमुख डा. रमेश महर्जनका अनुसार, उहाँलाई राती १:२० बजे अस्पताल ल्याएको थियो ।


यसैबीच शिक्षण अस्पतालमा प्रधानमन्त्रीसहित शीर्ष नेताहरु अस्पताल पुगेका छन् । नेम्वाङको निधनको खबर पाए लगतै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु अस्पताल पुगेका हुन् ।

Top Post Ad

post bottom ads

Ads Bottom