Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

वृहत् मुक्तक सङ्ग्रह 'विजयोपहार' लोकार्पित



काठमाडाैँ, भदाै २३ 

वृहत् मुक्तक सङ्ग्रह विजयाेपहार शनिबार लाेकार्पण भएकाे छ ।

फोटोमा मुक्तक प्रतियोगिता शृङ्खला १ देखि १०० सम्मका २७० जना विजयी मुक्तककारहरूको ६५८ वटा मुक्तकहरूको वृहत सङ्ग्रह “विजयोपहार” को भव्य लोकार्पण भएको हाे । शनिबार प्रज्ञाप्रतिष्ठानको लेखनाथ प्रवचन कक्षमा सम्पन्न भएकाे कार्यक्रम फोटोमा मुक्तक प्रतियोगिताका परिकल्पनाकार तथा हातेमालो साहित्य सङ्गमका अध्यक्ष सुनिल अधिकारीकाे सभापतित्वमा सम्पन्न भएको थियो । उक्त सङ्ग्रहको विमोचनमा प्रमुख अतिथि नेपाल मुक्तक प्रतिष्ठानको अध्यक्ष श्री रामकाजी कोने  रहेका थिए  । साहित्यकार/रेडियोकर्मी तथा रङ्गकर्मी श्री रमेश पौडेलज्यू, उक्त प्रतिष्ठानका उपाध्यक्ष श्री वियोगी बुढाथोकीज्यू, कोषाध्यक्ष श्री निशा के.सी.ज्यू तथा लोकप्रिय मुक्तककार श्री निलाञ्जला भारद्वाज विशिष्ट अतिथिका रुपमा रहेका थिए ।

   प्रमुख अतिथिद्वारा पानसमा बत्ती बालेर कार्यक्रमको शुभारम्भ गरेसँगै झन्डै साढे ३ घण्टा चलेको उक्त कार्यक्रममा विभिन्न साहित्यिक संस्थाका प्रमुखहरू लीलाध्वज साहित्य प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापा, घुम्तीमा मुक्तक साहित्यिक संस्थाका अध्यक्ष  निर्मलरमण पराजुली, मुक्तिनाथ दर्शन साहित्य प्रतिष्ठानका अध्यक्ष हरिभक्त सिग्देल, तरेली साहित्य संस्थाका भूपू अध्यक्ष, मानन्धर अभागी, मधुबन गोधुलीको साथी संस्थाका अध्यक्ष  गणेशबाबु अधिकारी, नोबल साकोसका अध्यक्ष राजन न्यौपाने, लक्ष्मीदेवी साहित्य सिरपाका अध्यक्ष  प्रदीपरत्न शाक्यको पनि उपस्थिति थियो ।

   १००औं शृङ्खलासम्म मिडिया मार्फत सहयोग गर्नुहुने ‘दिव्यदर्शन’ साप्ताहिकका सम्पादक सुशील तिवारी, ‘रहस्य’ साप्ताहिकका सम्पादक मुक्ति बास्तोला, ‘दिव्य चक्षु’ साप्ताहिकका सम्पादक ड़ा. अश्वस्थामाभक्त खरेल, व्यवस्थापक  मदन नेपाल, साथै निर्णायक/प्रायोजक  सौरभ कारन्जितज्यू, निर्णायक  विमल झा, निर्णायक/प्रायोजक  निलाञ्जला भारद्वाज तथा अन्य उपस्थित प्रायोजकहरूलाई प्रमुख अतिथिले प्रमाणपत्र प्रदान गरेका थिए ।

   कार्यक्रममा संयोजक सुनिल अधिकारीले फोटोमा मुक्तक प्रतियोगिता तथा संयुक्त मुक्तकसङ्ग्रह ‘विजयोपहार’को जन्म बारेमा बोलेका थिए भने अन्य सम्पूर्ण प्रमुख वक्ताहरूले ‘विजयोपहार’लाई शुभकामना दिए  । उपस्थित सहभागीहरू मध्येबाट  ३० जनाले आआफ्नो रचना वाचन पनि गरेका थिए ।

हातेमालो साहित्य सङ्गमका उपाध्यक्ष विपिन मर्मले उद्घोषण गरेकाे साे कार्यक्रमकाे व्यवस्थापन, महासचिव बिमला दाहाल, कोषाध्यक्ष पुष्पा धमला, सदस्यहरू जिज्ञासु पौडेल तिलक, दुर्लभ शाह त्यागी, सरिता थापामगर, प्रचण्ड गौतम, योगराज आचार्य (छिमेकी दाइ) ले गरेका थिए l 

विजयाेपहारकाे मूल्य रू तीन सय रुपैयाँ रहेकाे छ ।

Top Post Ad

post bottom ads

Ads Bottom